
१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु किसान श्रेष्ठको निवासमा भेला भएर छलफल गरेका छन् ।
सांसदहरुको छलफल चलिरहेको बेला नेता माधव कुमार नेपाल पनि पुगेका थिए ।
प्रधानमन्त्री देउवालाई एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । उनीहरुबीच भक्तपुरस्थित श्रेष्ठको निवासमा छलफल भएको हो । भेलामा सहभागी एक नेताले समसामयिक अवस्थाबारे ‘सामान्य चियागफ’ भएको बताए ।
तनहुँबाट निर्वाचित श्रेष्ठले ओली कित्ता परिवर्तन गरी नेपाल पक्षमा लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4