Comments Add Comment

जो सौन्दर्य प्रशाधनको बिक्रीबाट अर्बपति बनिन् 

सौन्दर्य प्रशाधनको बजार कति ठूलो छ ? सरसर्ती कुनै शहर–बजारको एक फन्को लगाउँदा सामान्य अनुमान गर्न सकिन्छ । हरेक गल्लीमा, चोकमा, घुम्तीमा सौन्दर्य प्रशाधन किनबेच भइरहेको भेटिन्छन् । अहिले महिला मात्र होइन पुरुषका लागि पनि सौन्दर्य प्रशाधन अनिवार्य जस्तै हुँदै गएको छ । महिलाको लागि त यो नभई हुन्न ।

सौन्दर्य प्रशाधनको बढ्दो मागकै कारण हुनुपर्छ, यसको उत्पादन पनि कम छैन । अमेरिकी टेलिभिजन स्टार केली जेनर पनि यसको ज्वालन्त उदाहरण हुन्, जो खासमा सौन्दर्य प्रशाधनको विक्री गर्छिन् । सौन्दर्य प्रशाधनको व्यवसायबाटै उनी विश्वका धनाड्यको सूचीमा उक्लिएकी छिन् ।

सुन्दा पत्याउन गाह्रो हुन्छ, उमेरले उनी भर्खर २४ बर्षकी भइन् । तर, उनी आफ्नै पौरखले अर्बपति भइसकेकी छिन् । उनलाई विश्वकै कान्छो अर्बपति पनि भनिन्छ । फोब्र्सले उनलाई ‘सेल्फ मेड’ धनी महिलाको उपाधी दिएको थियो ।

केलीले सन् २०१६ मा केइली कस्मेटिक्सको स्थापना गरेकी थिइन् । उनको कम्पनीले करिब ९० करोड डलरको सम्पत्ति आर्जन गर्न सफल भइसकेको थियो

केलीले अनलाइन तथा विभिन्न ऐपमार्फत आफ्नो कस्मेटिक प्रोडक्टस् विक्री वितरण गर्दै आएकी छिन् । उनले अल्ट्रा नामक कम्पनीसित सम्झौता गरेपछि २९ डलरमा विक्री वितरण हुँदै आएको उनको कस्मेटिक एक हजार भन्दा बढी स्टोरमा विक्रिवितरण हुँदै आएको छ ।

ओपन हेइमरका अनुसार उक्त सम्झौता गरेको करिब छ हप्तामै केली कस्मेटिक्सले अल्ट्रामार्फत पाँच सय ४० लाख अमेरिकी डलर बराबरको आफ्नो उत्पादन विक्री वितरण गर्न सफल भएको थियो  ।

त्यसयता केलीले आफ्नो कम्पनीमार्फत झण्डै ६३ करोड अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भैसकेको छ ।

केइली कम्पनीकी मालिक केली स्वयं हुन् भने जम्मा २९ डलरको लिपिस्टकबाट आफ्नो कारोबारको सुरुवात गरेकी उनले कम्पनीको मुल्य नब्बे करोड डलर रहेको अनुमान रहेको छ ।

उनको कम्पनीको प्रोडक्ट बनाउने तथा प्याकेजिङ्ग गर्ने काम भने सिड व्युटीले गर्दै आएको छ । त्यसको विक्रीवितरण तथा बजार व्यवस्थापन सोपिफाई नामको कम्पनीले गर्दै आएको छ।  कम्पनीको फाइनान्सको जिम्मा उनकी आमा क्रिशले गर्दै आएकी छिन् ।

केलीले आफ्नो प्रोडक्टको मार्केटिङ सोशल मिडियामार्फत गर्र्दै आएकी छिन्, जहाँ उनको लाखौ फलोअर्स छन् ।

‘यो सामाजिक सञ्जालकै शक्ति हो, जसले गर्दा मैले केही कुरा सुरु गर्नु अघि नै त्यो कुरा लाखौ जनतासम्म पुगिसक्छ’, केलीले भनेकी छिन् ।

अल्ट्रा र केलीको समन्वय उदाहरणीय छ । अल्ट्रामार्फत केलीले महंगोदेखि सस्तो प्रोडक्टस् समेत बिक्रीवितरण गर्दै आएका छन् । विश्लेषकहरुका अनुसार केली केस्मेटिकले बालबालिका देखि सबै उमेर समूहलाई आर्कषित गरिरहेको छ । क्रेडिट कार्ड नहुने तथा अनलाइनमार्फत सामान खरीद नगर्नेहरुको पहँुचमा समेत केली पुग्न सफल भैसकेको छ ।

अल्ट्राले केलीको विक्रीवितरणमा प्रमुख भूमिका निर्वाह गरेको छ । सेफोराको तुलनामा अमेरिकामा मात्र यसको सात सय भन्दा बढी स्टोर छ । अल्ट्राले अहिलेलाई त यस्तो ब्राण्ड पाएको छ, जसलाई मार्केटिङ्ग गर्न आवश्यक छैन । उनीहरुलाई आफ्नो उत्पादन बजारमा लैजान खासै कुनै फण्डा अपनाउनु पनि परेको छैन ।

‘केलीले एक करोड मानिसहरु समक्ष पुग्न सफल हुनुमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका खेलेको छ । उनले अनलाइनमार्फत राम्ररी काम पनि गरिरहेकी छिन् । तर अनलाइनले उनलाई पु¥याउन सक्ने भनेको त्यहीसम्म मात्र हो’,  बीएमओ क्यापिटल मार्केटका इन्क्वीटी रिर्सच एनालिष्ट सेनोन कोइनले भनिन् ,‘ उसले सम्भवत महसुस गरिसकेको हुनु पर्छ कि अब यो भन्दा अघि बढ्नु छ भने उनलाई एउटा पार्टनरको आवश्यकता पर्छ’ ।

एक वर्षको अवधीमा केली प्रोडक्टले आफ्नो उत्पादन शुन्यबाट ३०७ करोड अमेरिकी डलर पु¥याउन सफल भएकी थिइन् । हाल केलीको कम्पनीबाट उत्पादित म्याटको लिपस्टिक तथा म्याचिङ्ग लिपलाइनर निकै चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment