+
+

सुत्केरी भएकी बेबारिसे महिला र शिशु अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १८:४०

१६ भदौ, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित एक मन्दिरमा बेबारिसे अवस्थामा रहेकी एक महिलाले बच्चा जन्माएकी छन् ।

महिलाको नाम र ठेगाना खुलेको छैन र उनको होस पनि ठेगानमा नरहेको स्थानीयले बताएका छन् । ती महिलाले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन छोरा जन्माएकी हुन् ।

बुधबार बिहान बच्चालाई चाउमिन र नालाको पानी खुवाइरहेको अवस्थामा स्थानीयले देखेपछि स्थानीय अगुवाले आमा र बच्चा दुबैलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गराएका छन् ।

उनीहरुलाई केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकहरुले बताएका सप्तरी युथ नेपालका सचिव आयुष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?