+
+

बालबालिकामा डिप्रेसन भएको कसरी थाहा पाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते ९:५९

घर–व्यवहारको झन्झट, अनेक झमेला, रोग, खराब सम्बन्ध, कमजोर आर्थिक स्थिती आदिको कारण मान्छेमा चिन्ता बढ्छ । चिन्ताको चरम रुप हो, डिप्रेसन ।

अहिले विश्वमै जटिल समस्याको रुपमा देखिदैछ, डिप्रेसन । यो मानसिक विकारले धेरैलाई मनोरोगी बनाएको छ । दुःखलाग्दो त के छ भने, यस्तो समस्या प्रौड, वयस्क वा युवाहरुमा मात्र होइन, बालबच्चामा समेत देखिएको छ ।

बच्चालाई किन डिप्रेसनले गाँजिरहेको छ त ? यसका एकमात्र कारण छैन । वर्तमान अवस्थामा एकल पारिवारिक संरचनादेखि विद्यालयको व्यवहारले समेत उनीहरुलाई यस किसिमको जोखिममा पारिरहेका छन् । पढाईको बोझ, अभिभावकको अपेक्षा अदि कारण बच्चाहरुमा डिप्रेसन देखिएको बताइन्छ ।

डरलाग्दो अवस्था त के छ भने, डिप्रेसनको कारण बच्चाहरु आत्महत्या गर्न समेत उक्सिने गरेका छन् । अहिले विश्वमै यस्तो प्रवृृत्ति बढिरहेको छ ।

जब बच्चालाई डिप्रेसनले गाँज्न थाल्छ, उनीहरुमा अस्वभाविक परिवर्तन देखिन थाल्छ । उनीहरु एकोहोरो हुने, जिद्दी गर्ने, कहिले खानामा मन नै नगर्ने, कहिले औधी खाने, कहिले एक्कसी रमाउने, कहिले रिसाउने, झर्कने गर्छन् ।

बच्चाहरु स्वभावैले चञ्चल हुन्छन् । जिज्ञासु हुन्छन् । सानो कुरामा खुसी हुन्छन् । सानो कुरामा दुखी हुन्छन् । सुख, दुख सबैकुरा उनीहरु खुलेर व्यक्त गर्छन् । तर, जब बच्चालाई डिप्रेसनले गाँज्छ, उनीहरुमा यस्ता स्वभाविक प्रतिक्रिया नदेखिन सक्छ ।

बच्चामा डिप्रेसनको लक्षण

-खानपिन, पढाई वा खेल्नमा खासै रुची नदेखाउने ।

-अनावश्यक खुसी हुने वा दुखी हुने ।

-कुनै कारणबस् रुने ।

-सधै मुड खराब रहनु । अक्सर रिसाइरहनु ।

-परिवारका सदस्यसँग आवेशपूर्ण व्यवहार गर्ने ।

– बेचैन रहनु ।

-धेरै घरबराउनु ।

-अरुसँग घुलमिल नहुनु ।

-एकान्तमा बस्न रुचाउनु ।

अब के गर्ने त ?

बच्चालाई डिप्रेसन भएमा के गर्ने ? माथि उल्लेखित लक्षण देखिएमा के गर्ने ? यसका लागि अभिभावकले एकदमै सर्तक हुन जरुरी छ ।

बच्चालाई डिप्रेसनबाट मुक्त दिलाउनका लागि अभिभावक, घर परिवारले विशेष पहल गर्नुपर्छ । यसका लागि बच्चाको रुची र चाहना अनुसार यस्तो काम गर्नुपर्छ, जसले उसलाई खुसी तुल्याउन सकियोस् ।

पढाईको वोझ दिने, जवरजस्ती पढ्न लगाउने जस्ता गतिविधिले थप जटिलता पैदा गर्छ । यदी विद्यालय वा होमवर्कको कारण उनीहरु चिन्तित छन् भने त्यसको समाधान खोज्नुपर्छ । अहिलेका विद्यालयहरुले बालबालिको अवस्था अनुरुप सही ढंगले परामर्श दिने वा व्यवहार गर्ने गरेको पाइदैन । यदी त्यस्तो व्यवहार र वातावरण विद्यालयमा छ भने, त्यस्ता विद्यालयमा बच्चालाई पठाउनु भनेको थप संकट निम्त्याउनु हो ।

बच्चालाई सकेसम्म प्रकृतिको नजिक लानुपर्छ । खेल्न र रमाउन दिनुपर्छ । सकारात्मक कुराहरु सिकाउनुपर्छ । संभव भएसम्म योग एवं प्राणायाम विधीमा अभ्यस्त गराउनुपर्छ । योगले धेरै किसिमको समस्याबाट उन्मुक्ति दिलाउँछ ।

पीसीआईटी थेरापी

डिप्रेसनबाट उन्मुक्ति दिलाउने एउटा काइदा हो, पीसीआइटी थेरापी । पीसीआइटी अर्थात प्यारेन्ट चाइल्ड इन्ट्रक्सन थेरापी ।

यसको अर्थ हो बच्चाको उमेर, मनोविज्ञान अनुसार उनीहरुलाई बुझ्ने प्रयास । यस थेरापीमा बच्चा र आमाबुबाको सम्बन्ध कस्तो छ ? भन्ने कुराको जानकारी लिइन्छ । त्यसपछि उनीहरुबीचको समस्या के हो सो निक्र्योल गरिन्छ ।

बच्चा र अभिभावकवीचको सम्बन्धबाट नै यसको समधान खोजिन्छ । बच्चाको मनोविज्ञान अनुरुप अभिभावकले कस्तो व्यवहार गर्ने भन्ने कुरा यस अन्तर्गत पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment