+
+

एनएमबि सरल बचत फण्डको बिक्री खुला

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते ११:५२

१७ भदौ, काठमाडौं । एनएमबि सरल बचत फण्ड-ईका लागि आवेदन खुला भएको छ । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड ईको १० करोड इकाई बिहीबारदेखि निष्कासन खुला गरेको हो ।

यो चरणमा पुरै १० करोड भने निष्काशन हुनेछैन । एनएमबि क्यापिटलका अनाुसार पहिलो चरणमा ४० प्रतिशत  अर्थात् ४ करोड इकाई  निष्कासन हुनेछ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ ।

बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाई बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ । आवेदन दिन चाहानेहरुले मेरो शेयरबाट आईपीओ भरे जसरी नै आवेदन दिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?