+
+

न्याय तथा सुशासन आयोग बनाउन प्रक्रिया थाल्ने पाण्डे पक्षको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:४१
फाइल तस्वीर

१७ भदौ, काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले न्याय तथा सुशासन आयोग बनाउने प्रक्रिया थाल्ने निर्णय गरेको छ । त्यसका लागि कार्यविधि आवश्यक पर्ने भएकाले सचिवालय सदस्य आशुतोष तिवारीको संयोजकत्वमा मस्यौदा समिति बनाउने निर्णय भएको सञ्चार विभाग उपप्रमुख हरिश भट्टले बताए ।

विवेकशील साझामा कसैलाई कारबाहीको निर्णय गर्नु परे न्याय तथा सुशासन आयोगले गर्ने भनिएको थियो । बैठकमा अध्यक्ष मिश्र पक्षले रोकेको पार्टीको विधान पारित गर्ने विषयमा पनि छलफल भएको छ । यद्यपि निर्णय गरेको छैन ।

पार्टीभित्र फुट र विभाजन चाहने पक्षालाई निरुत्साहित गर्दै एकीकरणको घोषणा पत्र, निर्वाचनको प्रतिबद्धता पत्र लगायतको पालना गराउने पक्षमा पार्टी पंक्तिलाई अपील गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पाण्डेले बोलाएको बैठकमा पार्टीको बैठक सञ्चालन कार्यविधिको मस्यौदामाथि पनि छलफल भएको छ । छलफलमा आएका सुझाव र प्रतिक्रियालाई समेटेर आगामी बैठकमा पेश गर्ने जिम्मा केन्द्रीय सदस्य महेश पाठकलाई दिने निर्णय भएको पाण्डे पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?