+
+

काठमाडौंका सफाइकर्मीलाई खाद्यान्‍न र स्वच्छता सामग्री वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १३:३१

१८ भदौ, काठमाडौं । काठमाडौंका सरसफाई क्षेत्रमा कार्यरत २ सय सफाइकर्मीलाई खाद्यन्न सामग्री तथा स्वच्छता सामग्री वितरण गरिएको छ ।

वातावरण स्वच्छ राख्नका लागि काम गर्ने सफाइकर्मीहरुलाई गैर सरकारी संस्था गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (सीएनसीए) र कोभिड १९ र्‍यापिड एक्सन टास्क फोर्स (सी १९ आरएटी) को संयुक्त आयोजनामा सफाइकर्मीलाई खाद्यन्न तथा स्वच्छता सामग्री वितरण गरेको गुथिका प्राविधिक सल्लाहाकार प्रकाश अमात्यले जानकारी दिए ।

जनस्वास्थ्यमा सरसफाईको महत्व मनन गर्दै सफाइकर्मीले पुर्‍याइरहेको योगदानलाई सम्मान गर्नुपर्ने बताउँदै संविधान सभाका पूर्व सांसद विमल केडियाले सफाइकर्मी सहकारी समूहका लागि ५१ हजार नगद सहयोग गरेका छन् ।

कोरोनाको महामारीको समयमा पनि संक्रमणको जोखिम मोलेर वातावरण सफा राख्न सफाइकर्मीले गरेको कामको सम्मानका गर्दै सहयोग गरेको क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडाका कोषअध्यक्ष निर्मल न्यौपानेले बताए ।

बिहीबार खाद्यन्न तथा स्वच्छता सामग्री वितरण कार्यक्रममा सडक बढार्ने काम गरेर जीवीका पार्जन गर्दै आएका सफाइकर्मीलाई कोभिडको कारण निक्कै समस्या भोग्नुपरेको सफाइकर्मी सहकारी समूहकी अध्यक्ष अन्जु पौडेलले बताइन् ।

उनले भनिन्, ‘सडक बढार्ने काम पनि एक महिना पाइने र अर्को महिना नपाइने भयो । त्यसले गर्दा छाक टार्न नै मुश्किल भयो ।ऋण मागेर खान बाध्य भयौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?