+
+

प्यानिच टर्किस क्लब बेसिकटासमा लोनमा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १३:३२

१८ भदौ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिस टर्किस क्लब बेसिकटासमा लोनमा अनुबन्ध भएका छन् । क्याटलान क्लबमा पहिलो सिजन खासै खेल्न नपाएका प्यानिस एक वर्षको लागि लोनमा टर्की गएका हुन् । एक वर्षपछि बेसिकटासले प्यानिचलाई किन्ने विकल्प भने छैन ।

स्पेनमा ट्रान्सफर विन्डो अगष्ट ३१ मै सकिए पनि टर्कीमा भने विन्डो अझै बाँकी रहेकाले बोस्नियन खेलाडी स्तानबुल जाने बाटो खुलेको हो । प्यानिचलाई बार्सिलोनाले यसअघि नै बेच्ने प्रयास गरिरहेको छ । उनलाई रोनाल्ड कोएमनले नयाँ सिजनको लागि योजनामा पनि राखेका थिएनन् ।

२०२०–२१ सिजन प्यानिसले ३० खेल खेले । जसमा १३ खेल शुरुवाती रोजाइमा खेले भने पूरा ९० मिनेट ५ खेलमा मात्र कटाएका थिए । कोएमनले सर्जियो बुस्केट, फ्रेन्की डे जोङ र पेड्रीसहितको ट्रिओलाई मिडफिल्डमा खेलाउँदा प्यानिचले अपेक्षाअनुसार क्याम्प नोउमा अवसर पाएनन् ।

उनलाई नयाँ सिजनको ला लिगामा शुरुवाती दुई खेलमा टिममा राखिएको थिएन । तेस्रो खेलमा भने उनी टिममा थिए ।

युभेन्टस र रोमामा खेलिसकेका प्यानिस इटली फर्कन चाहे पनि सफल हुन नसकेपछि टर्की लागेका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?