+
+

एसएमजी चोरीमा दुई सैनिकले पाए सफाइ तर तीन वर्ष बढुवा रोक्का हुने

आज छुट्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १५:२४

१८ भदौ, काठमाडौं । सैनिक अदालतको कमजोरीका कारण एसएमजी (सर्ट मेसिन गन) चोरी अभियोगमा जेल परेका दुई सैनिकले शुक्रबार सफाइ पाएका छन् । तर उनीहरुको तीन वर्ष बढुवा रोक्का गर्न सैनिक विशेष अदालतले आदेश दिएको सैनिक स्रोतले बतायो ।

उनीहरुलाई थुनामुक्त गर्न अदालतले दिएको पत्र जिल्ला कारागार, चितवनमा पुगेको छ ।

उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई एसएमजी चोरी प्रकरणमा निर्दोष रहेको भनेको त छ । तर संगठनको आन्तरिक मर्यादा मिचेर गैरजिम्मेवारीपूर्ण कार्य गरेको अभियोगमा चाहिँ बढुवा रोक्काको आदेश दिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गुरुङ र तामाङले अनाहकमा साढे २ वर्ष जिल्ला कारागार, चितवनमा बन्दी जीवन विताइसकेका छन् । उनीहरुले २०७६ जेठमै आफूहरु निर्दोष रहेको भन्दै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ हुन सकेको थिएन ।

चितवनमा सैनिक जवान भरत गुरुङको हत्या प्रकरण सतहमा आएपछि उनीहरु निर्दोष रहेको खुलासा भएको थियो । दुई सैनिकले चोरेको भनेको नम्बरको एसएमजी गुरुङ हत्याका आरोपी भरतपुर–२१ का गंगाधर ढकालको साथबाट बरामद भएको थियो । त्यसपछि बल्ल सैनिक विशेष अदालतले मुद्दा छिटो टुंग्याउने गरी प्रक्रिया अघि बढाएको थियो ।

सैनिक समरी जनरल अदालतले बिहीबार मात्रै गुरुङ हत्यामा संलग्न ढकाललाई जन्मकैदको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?