+
+

ब्राउन सुगरसहित सिरहाबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १८:२१

१८ भदौ, जनकपुरधाम । लागूऔषध ब्राउन सुगरसहित सिरहाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१७ काली चोकबाट ब्राउन सुगरसहित सिरहाको मिर्चैया नगरपालिका–५ का २६ वर्षीय मोहम्मद नियाज सेखलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा सेखको साथबाट १० ग्राम ५ सय मिलीग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेको सेखमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?