+
+

कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा ३ जनाको मृत्युु, ५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते ८:३६

१९ भदौ, धनगढी । कैलालीमा विङ्गर र अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्युुभएको छ भने पाँच जना घाइते भएका छन् ।

शुुक्रबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरत कैलालीको गौरीगंगा नगरपालिका-४ राजीपुुरमा पूर्वतर्फ गइरहेको म१ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से१ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक वामदेव गौतमले दुुर्घटनामा परेर अटोमा सवार घोडाघोडी नगरपालिका-९ का २४ वर्षीय युुवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको मृत्युुु भएको जानकारी दिए ।

गम्भीर घाइते भएकाउनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको ट्राफिक प्रहरी उपरीक्षक गौतमले बताए ।

उनका अनुुसार दुुर्घटनामा परेर घोडाघोडी नगरपालिका-९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका-१० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् । उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्येका सुरेन्द्र चौधरी अटो चालक हुन् भने रावल विङ्गरका सहचालक हुन् । विङ्गरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?