+
+

माधव नेपालबारे ओलीको टिप्पणी : प्रधानमन्त्री हुन राजालाई दाम चढाए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १७:३८

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुन माधवकुमार नेपालले राजालाई दाम चढाएको भनी टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिका स्तरीय समितिले गरेको कार्यक्रममा उनले माधव नेपालले पदका लागि जे पनि गर्ने गरेको आरोप लगाए ।

‘सुन्दा पनि बेइज्जत हुने, कहिले सामन्ती राजाको वरिपरि परिक्रमा गरेर पाउमा लगेर दाम चढााएर ढोगेर । …प्रधानमन्त्री हुन पाइन्छ कि भनेर वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ’ उनले भने, ‘कहिले हुलाकबाट निवेदन पठाएजस्तो पत्र मञ्जुषामा प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेको छ ।’

माधव नेपालले दक्षिणा प्राप्त हुने लोभमा एउटा वुद्धिष्ट संगठनको अध्यक्ष पनि भएको ओलीले जिकिर गरे ।

त्यस्तै नेता नेपालले २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेलाई ३३ सिटमा सीमित गरेको र मुख देखाउन नसक्ने स्थिति भयो भनेर राजीनामा गरेको पनि ओलीले टिप्पणी गरे ।

अहिले एमाले छाड्नेहरुले कुनै मतभेद भएर नभई पदका लागि पार्टी छाडेको ओलीले बताए ।

‘पार्टीमा हुँदा के वैचारिक मतभेद राख्न सके ? केही पनि वैचारिक मतभेद छैन, कुनै अरु विषय नीतिका विषयमा मतभेद छ ? खाली स्वार्थको लडाई, मलाई यो पुगेन, त्यो पुगेन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?