+
+

इराकमा आईएसको आक्रमण, १२ प्रहरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १७:३४

२० भदौ, काठमाडौं । इराकको किकुक सहरमा भएको आक्रमणमा १२ इराकी प्रहरीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएल)ले किर्कुक सहरमा उक्त आक्रमण गराएको हो । समाचारमा उल्लेख गरिएअनुसार शनिबार मध्यरातमा किर्कुक सहरको दक्षिणी क्षेत्रमा सुरक्षा चेकप्वइन्टनजिकै दुई आक्रमण भएको हो ।

सुरुमा आक्रमणकारीसँग प्रहरीको युद्ध भएको थियो । करिब दुई घण्टासम्म चलेको युद्धमा तीन प्रहरी अधिकारीको मृत्यु भएको थियो । त्यसपछि उक्त क्षेत्रमा सहयोगको लागि आएको अतिरिक्त सैन्य टोली पनि सडकमा विष्फोटक पदार्थसहित राखिएको धरापमा परेको हो ।

यो आक्रमणमा थप तीन प्रहरी अधिकारी घाइते भएका छन् भने अर्का एकजना हराइरहेका छन् । अहिलेसम्म आईएसआईएलले यो घटनाको जिम्मेवारी लिएको छैन तर यो क्षेत्र आईएसको बलियो पकड रहेको क्षेत्र हो ।

त्यस्तै इराकको दक्षिणपश्चिममा रहेको अर्को सहर मोसुलको चेकप्वइन्टमा भएको अर्को आक्रमणमा कम्तीमा तीन इराकी सैनिकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इराकले २०१७ को अन्तिममा आईएसमाथि जितको घोषणा गरेको थियो । तर, त्यसयता निरन्तर मुलुकमा लुकेर बसेको आईएसले आक्रमण गर्दै आएको छ । आईएसले विशेषगरी इराकी सेना र प्रहरीलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । तर, यो आक्रमण यस वर्षकै सबैभन्दा ठूलो आक्रमण हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?