+
+

किरण बने नेपालका लागि सर्वाधिक खेल्ने फुटबल खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १८:०२
फाइल तस्वीर

२० भदौ, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । आइतबार भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल शुरुवात गर्दै किरणले नेपालका लागि सर्वाधिक ७४ खेल खेल्ने कीर्तिमान बनाए ।

बिहीबार भएको भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै किरणले विराज महर्जनको नाममा रहेको ७३ खेलको कीर्तिमान बराबरी गरेका थिए ।  लगातार दोस्रो खेलपछि किरणले पूर्वकप्तान विराजलाई पछि पारेका हुन् ।

विराजले गत चैतमा नेपालमा भएको थ्री नेसन्स कप फाइनलमा बंगलनदेशविरुद्ध वैकल्पिक खेलाडीको रुपमा खेल्दै ७३ क्याप जितेका थिए । उनले त्यसै खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । त्यसबेला किरणकै कप्तानीमा नेपालले उपाधि जितेको थियो र उक्त ट्रफी किरणले विराजलाई नै समर्पित गरेका थिए ।

३१ वर्षीय किरण कप्तान र गोलकिपर दुई भूमिकामा छन् । विराज राष्ट्रिय टिममा छँदै टोलीमा पर्न छाडेपछि किरणले कप्तानी गर्दै आएका थिए ।

सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कप छनोटमा पहिलो खेलमै मकाउविरुद्ध खेल्दै किरणले नेपालको सिनियर टिमका लागि डेब्यु गरेका थिए । त्यसयता  किरण १३ वर्षदेखि राष्ट्रिय टिमबाट खेल्दै आएका छन् ।

त्यसबेला उनको डेब्यु भने सुखद रहन सकेन । चिउँडोमा चोट लागेपछि उनी २४ मिनेट मात्र मैदानमा टिके । त्यसपछि उनले फेरि खेल्ने नखेल्नेमै शंका थियो । किरणले डेब्यु गरेपछि फेरि राष्ट्रिय टिमबाट खेल्न ३ वर्ष कुर्नुपर्‍यो । त्यसपछि भने किरणले पछि फर्केर हेर्नुपरेको छैन ।

सन् २००८ मा डेब्यु गर्दा आफूले यहाँसम्म आइपुग्ने नसोचेको र निरन्तरताले नै यहाँ पुगेको किरणले बताए । ‘डेब्यु खेलमा नै चिउँडोमा चोट लागेपछि यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । २००८ देखि २०२१ सम्मको यात्रा सजिलो थिएन । किरणले बुधबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए,’ उनले भने, ‘निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु । देशको लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

देशका लागि खेल्नु नै ठूलो कुरा रहेको उल्लेख गर्दै किरणले सर्वाधिक खेल खेल्ने खेलाडी हुँदा झन् खुशी हुने बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?