+
+
Shares

निको नहुँदै बिरामीलाई जबर्जस्ती निकालेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते २०:०३

२० भदौ, सप्तरी । सदरमुकाम राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले बिरामीलाई दुब्र्यवहार गरेर बाहिर निकालेको पीडित पक्षले आरोप लगाएका छन् ।

दुर्घटनामा घाइते भएर उपचार गराइरहेकी राजविराज नगरपालिका– २ कि ललिता देवी साह निको नहुँदै गालीगलौच गरेर निकालेको पीडित पक्षको भनाइ छ । तीन सातादेखि उपचार गराइरहेकी ललितालाई चिकित्सक डा. प्रणेश यादवले गालीगलौज गर्दै बाहिर निकालेको बिरामीकी आफन्त सविता देवीले बताइन् ।

‘बुहारी दुःखाइले छटपटिरहेकी थिइन् । स्वास्थ्यकर्मीले स्लाइन पानी र सुई ल्याउन भनेपछि लिएर आएको केहीबेरमै डाक्टर साबले बुहारीलाई बाहिर निकालिदिनुभयो’ ललिताकी सासू सवितादेवीले भनिन्, ‘उपचार भएकै छैन, कसरी जानु भन्दा पनि मानेनन् ।’

भदौ १ गते राजविराजको गजेन्द्रचोकमा ललिता चढेको सिटी रिक्सालाई अर्को सिटी रिक्साले ठक्कर दिँदा उनको खुट्टा भाँचिएको थियो । त्यसै दिन अस्पताल भर्ना भएकी उनलाइ सुरुदेखि नै डा. प्रणेश यादवले उपचार गर्दै आएका थिए । भाँचिएको खुट्टाको प्लास्टर गरेपनि दुखाइ कम नभएको बिरामी पक्षले बताएका छन् ।

डाक्टर भन्छन् : डिस्चार्ज गरिसक्दा पनि घर गएनन्

आरोपित चिकित्सक डा. यादवले ललितादेवीलाई आफूले ननिकालेको बताए । यद्यपी ललितालाई एक साताअघि नै डिस्जार्च गर्दा समेत घर नगएका कारण अरु कर्मचारीले निकालेको हुन सक्ने बताए । ‘उनलाई एक साताअघि नै डिस्जार्च गरिएको रहेछ’ डा. यादवले भने, ‘तर जान नमानेपछि कर्मचारीले निकालेका हुन सक्छन् ।’

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा पनि डिस्चार्ज गरिएको बिरामी जान नमानेपछि पठाएको हुन सक्ने बताउँछन् । आफू काठमाडौंमा रहेको भन्दै उनले घटनाबारे थप जानकारी लिने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?