+
+

गोरखा नगरपालिकाका विद्यालयहरु २८ गतेबाट खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते ७:१४

२१ भदौ, गोरखा । गोरखा नगरपालिकाका विद्यालयहरु यही भदौ २८ गतेबाट खुल्ने भएका छन् । आइतबार बसेको नगर शिक्षा समितिको बैठकले भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्न पाउने निर्णय गरेको हो ।

कोरोनाका कारण विगत पाँच महिनादेखि विद्यालयहरु बन्द छन् । शिक्षा समितिको बैठकअघि शिक्षासँग सम्बन्धित विभिन्न सरोकारवालासँग छलफल भएको थियो ।

सहभागीले भौतिक उपस्थिति गराएर विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न सिफारिस गरेका थिए । सोही सिफारिसको आधारमा नगर शिक्षा समितिले बिद्यालय खोल्ने निर्णय गरेको हो ।

२५० जनासम्म विद्यार्थी भएका विद्यालयले एक सिˆटमा पठनपाठन संचालन गर्न सक्ने र सो भन्दा बढी विद्यार्थी भएका विद्यालयले विद्यालय व्यवस्थापन/संचालक समितिबाट कार्यविधि स्वीकृत गराइ एक सिˆटमा चार घण्टाको समयावधि नघट्ने गरी पठनपाठन संचालन गर्न पाउने शिक्षा शाखाले जनाएको छ ।

स्वीकृत गरिएको कार्यविधि नगरपालिकामा बुझाउनसमेत भनिएको छ । गत बिहीवार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति बैठकले बिद्यालय संचालन गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?