+

लुकाकुको १००औं खेलमा ६७औं गोल

२०७८ भदौ  २१ गते १०:१७ २०७८ भदौ २१ गते १०:१७
लुकाकुको १००औं खेलमा ६७औं गोल

काठमाडौं । रोमेलु लुकाकले आइतबार राति बेल्जियमका लागि एक सयौं खेल खेल्दै गोल गरेका छन् ।

विश्वकप छनोटअन्तर्गत बेल्जियमले चेक रिपब्लिकलाई ३-० ले पराजित गर्दा एक गोल गरे । उनले बेल्जियमका लागि एक सयौं खेल खेल्दा ६७औं गोल गरेका हुन् ।

चेल्सीका २८ वर्षीय स्ट्राईकरले हान्स भानाकेनको पासमा सुरुआती गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि हडेन हाजार्ड र एलेक्स सालेमेकर्सले गोल थपेपछि बेल्जियमले सहज जित हात पारेको हो ।

लुकाकु बेल्जियमका लागि एक सयौं खेल खेल्ने छैटौं खेलाडी हुन् । जान भर्टोङगनले बेल्जियमका १३२ खेल खेलेमा छन् ।

लुकाकुपछि बेल्जियमका लागि धेरै गोल गर्नेमा हाजार्ड छन् उनले ३३ गोल गरेका छन् ।

चेकविरुद्ध पहेलो कार्ड पाएका लुकाकुले बेलारुसविरुद्ध खेल गुमाउने छन् ।

जितपछि बेल्जियम समूह ई मा पाँच खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । चेक ७ अंकसहित दोस्रो स्थानमा छ ।

बेल्जियम रोमेलु लुकाकु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय