+
+
Shares

मानव सेवा आश्रम जस्ता संस्था आत्मनिर्भर हुनुपर्छ : नगर प्रमुख सरावगी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १२:०२

२१ भदौ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मानव सेवा आश्रम जस्ता संस्था आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि कसरी आय आर्जन गर्न सकिन्छ भनेर सोच्नुपर्ने उनको भनाई छ ।

वीरगञ्जमा बनाउन लागिएको आश्रम शाखाको भवनको प्रारम्भिक खाका प्रस्तुतीकरण कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । ‘ मानव सेवा आश्रम मानसिक रुपमा अशक्तलाई राख्ने ठाउँ हो । दैनिक आवश्यकता परिपूर्तिका लागि स्रोतको अभाव छ, कसरी आम्दानी गरेर आत्मनिर्भर बन्न सकिन्छ सोच्नुपर्छ।’ उनले भने ‘आश्रम परिसरमा पोखरी बनाएर माछा पाल्ने हो वा इको पार्क बनाएर पर्यटकलाई आकर्षित गर्न पो सकिन्छ कि जसरी हुन्छ आर्थिक स्रोत बढाउनमा ध्यान दिनुपर्छ ।’

महानगरपालिकाले भोजपुरी प्रतिष्ठानको भवन बनाउँदा भूँई तलामा पसल राख्ने व्यवस्था मिलाएको जानकारी उनले दिए । नगर प्रमुख सरावगीले संघ, प्रदेश र स्थानीय सरकार मिलेर आश्रम भवन बनाउनुपर्नेमा जोड दिए ।

आईतबार अपरान्ह वीरगञ्ज महानगरकै सभाहलमा आश्रम शाखाको प्रस्तावित भवनको प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो । श्रृंखला खतिवडाको गाथाले भवनको डिजाईनिङको काम गरिरहेको छ ।

गाथाको तर्फबाट शुभम कोईराला र कौशल श्रेष्ठले भवनको प्रारम्भिक खाका प्रस्तुत गरेका थिए । वीरगञ्ज महानगरपालिकाले मानव सेवा आश्रम शाखाका लागि १८ कठ्ठा जमिन दिनुको साथै भवन बनाउन २५ लाख रुपैयाँ समेत प्रदान गरिसकेको छ ।

रेम्ड अर्थ प्रविधिबाट डिजाईन गरिएको भवन बनाउन २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने ईन्जिनियरहरुले बताएका छन् । बाँस लगायत स्थानीय स्रोत साधनको बढी प्रयोग गर्ने उद्देश्य राखिएको छ ।

१४ कठ्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्नेकोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने उनीहरुले बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौलाले खुल्ला ठाउँ बढी राखेर संरचना बनाउन आग्रह गरे । आश्रमका संस्थापक केन्द्रिय अध्यक्ष रामजी अधिकारीले गर्मीमा समेत चिसो हुने भएकोले रेम्ड अर्थ प्रविधिबाट घर बनाउन लागिएको जानकारी दिए ।

०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ५५ जना आश्रित छन् । कुनैपनि विदेशी दार्त निकायबाट शर्त सहितको अनुदान नलिने घोषणा मानव सेवा आश्रमले गरेको छ ।

सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षी मानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्नुको साथै पारिवारिक पूर्नमिलन गराउँदै आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?