+
+

संखुवासभा घटनाबारे छिमेकी भन्छन् : लखेटी लखेटी मारेको देखिन्छ

हरि अधिकारी हरि अधिकारी
२०७८ भदौ २१ गते १६:३८

२१ भदौ, विराटनगर । संखुवासभाको मादी नगरपालिका– १ खोला गाउँ टोलमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ । बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । आँखा देख्न र कान सुन्न नसक्ने ९३ वर्षीय बौद्धमान भने सकुशल छन् ।

प्रहरीका अनुसार बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की र तेजबहादुरका नाती विपिन र नातिनी गोमा कार्कीको हत्या भएको हो । स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ ।

घटना रातिको हो जस्तो देखिएन

योगेन्द्रओझा

मैले १० बजे मात्रै घटना भएको थाहा पाएँ, थाहा पाएपछि हेर्न उनीहरुको घरतर्फ गयौं । हेर्न नसकिने अवस्था छ । घटना हिजो रातिको हो कि आज बिहानको भन्ने थाहा भएन । तर मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।

काका (तेजबहादुर)लाई घरदेखि अलिक परतिर रोडमा लगेर मारेका छन् । उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मारेको देखिन्छ । उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ ।

अहिले प्रहरी आएर अनुसन्धान गरिरहेको छ । कसैलाई पनि शव नजिक जान दिएको छैन ।

बौद्धमान (तेजबहादुरको बुबा ) बुढो हजुरबुबा हुनुहुन्छ । उहाँलाई केही थाहा छैन । बेलुका म सुत्दाखेरि खाना खादै थिए भन्नुहुन्छ । उहाँ कान सुुन्न र देख्न सक्नुहुन्न ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?