+
+

पञ्जशिर उपत्यका नियन्त्रणमा लिएको तालिबानको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १५:४३

२१ भदौ, काठमाडौं । अफगानिस्तानको पञ्जशिर उपत्यका आफ्नो कब्जामा आएको तालिबानले दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको अन्तिम गढ पनि अब आफ्नो कब्जामा आएको बताएका हुन् ।

उनले भनेका छन्, ‘यो जितसँगै  हामीले पूरा देशलाई नियन्त्रणमा लिएका छौं । यसलाई युद्धको दलदलबाट बाहिर निकालेका छौं ।’ यद्यपि तालिबानविरुद्ध लडिरहेको नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)ले तालिबानको दाबी अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अलि मैसमले भने, ‘यो साँचो होइन, तालिबानले पञ्जशिरमाथि कब्जा गरेको छैन ।’

एनआरएफको ट्वीटर एकाउन्टबाट गरिएको पोस्टमा लेखिएको छ, ‘एनआरएफका सैनिक सबै रणनीतिक स्थानमा उपस्थित छन् र युद्ध जारी छ । हामी अफगानिस्तानलाई के विश्वास दिलाउन चाहन्छौं भने तालिबान र उसका साझेदारविरुद्धको युद्ध जारी छ र यो युद्ध न्याय र स्वतन्त्रताको जित नहुँदासम्म जारी रहन्छ ।’

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्वीरमा भने तालिबानका लडाकुहरु प्रान्तीय गभर्नरको कम्पाउण्डको ढोकाअगाडि देखिएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि भने भएको छैन । आइतबार एनआरएफका नेता अहमद मसूदले आफू तालिबानसँग शान्तिवार्ताको लागि तयार रहेको बताएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?