+
+

नेपाल टेलिकमले फोरजी सेवालाई अझै गुणस्तरीय बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १८:५२

२१ भदौ, काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ ।

सोमबार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएका हुन् ।

उनले ५ जी सेवालाई परिक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि बताए । प्रवन्ध निर्देशक अधिकारीले देशभरीको फाइबर बिच्छ्याउने कामलाई तिव्रता दिनेपनि उल्लेख गरे । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उनले स्पष्ट पारे ।

प्रवन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैसँग आग्रह गरे । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको बताए ।

उनले भने, ‘कल ट्यापिङको उपकरण नै छैन । कल ट्यापिङ गर्ने एल आइ. भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दूरसञ्चार प्राधिकरणसँग अनुमति चाहिन्छ । हामी दूरसञ्चार सेवा प्रदायकले एल.आइ. इक्वीपमेन्ट किन्न पाइदैन ।’

उनले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पुर्‍याउने दायित्वको साथ काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?