+
+

ओडीआई क्रिकेट : नेपालले पपुवा न्यु गिनीविरुद्ध बलिङ गर्दै

आसिफ शेख, कुशल भुर्तेल र विक्रम सोवको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते ११:३५

२२ भदौ, काठमाडौं । नेपाल र पपुवा न्यु गिनीबीचको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल ओमानमा सुरु भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनीसँग पहिलो ओडीआई खेल खेलेको हो ।

ओमानको अल अमेरत मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ । ओमान र अमेरिकासँग विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेको नेपालले त्यसअघि तयारी स्वरुप पीएनजीसँग दुई ओडीआई खेल्न लागेको हो ।

आसिफ शेख, कुशल भुर्तेल र विक्रम सोवले ओडीआईमा डेब्यु गरेका छन् । आसिफले डेब्युमै विकेटकिपङ सम्हालेका छन् । विनोद भण्डारी र करण केसीलाई खेलाएको छैन ।

नेपालको टोली

ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?