+
+

वीरगञ्जबाट दुईवटा मालबाहक ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १४:१७

२२ भदौ, वीरगञ्ज । प्रहरीले विभिन्न सामानसहितको दुईवटा ट्रक वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । सोमबार राति साढे ११ बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डको बाटोबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पुरानो मितिको प्रज्ञापन पत्र देखाउँदै त्यसमा उल्लेखित मालवस्तुको सट्टा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडा लगायत अन्य मालवस्तु लोड गरी चितवन लैजाँदै गरेको सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्रक रोकेर जाँच गर्ने क्रममा चालकहरु भागेकाले थप शंका उत्पन्न भएको प्रहरीको भनाइ छ ।

गाडीमा भएको प्रज्ञापन पत्र हेर्दा ना ३ ख ५१६५ मा २०७७ माघ २२ गते र ना ३ ख ५५२५ मा  २०७८ साउन २१ गते लगायतका मितिको प्रज्ञापन पत्र भेटिएको थियो । तर बिल बिजकमा हाल सालैको मिति उल्लेख भएकाले गाडीमा रहेका सामानहरु प्रज्ञापन पत्र बमोजिम नरहेको हुन सक्ने भएकाले ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

ट्रक र समानको मूल्य ८० लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?