+
+
Shares

मकवानपुरमा पार्किङबाट हराएको ट्रक जंगलमा भेटियो

प्रहरीका अनुसार ट्रक किन र कसले चलाएर उक्त स्थानमा पुर्‍याएर छाडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १६:३९

२४ वैशाख, काठमाडौं । मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ ।

मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको थियो ।

ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए ।

चालकको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डको जंगलमा बेवारिसे अवस्थामा फेला पारेको हो ।

बिहान करिब ८ बजेको समयमा हराएको ट्रक बुधबार दिउँसो २ बजे फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक किन र कसले चलाएर उक्त स्थानमा पुर्‍याएर छाडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेला परेको ट्रक धनी बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ बस्ने सुरज देवकोटाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?