+
+

श्रीलंकामा आपतकालको प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १४:४२

२२ भदौ, काठमाडौं । श्रीलंकाको संसदले राष्ट्रपति गोताबाया राजपाक्षले घोषणा गरेको आपतकाल स्वीकृत गरेको छ । मंगलबार संसदमा भएको मतदानमा १३२ सांसदले आपतकाल घोषणाको पक्षमा मत दिए भने विपक्षमा ५१ सांसदले मत दिए । २२५ सदस्यीय श्रीलंकाको संसदमा १५० भन्दा बढी सिट सत्तारुढ गठबन्धनको रहेको छ ।

यसअघि सोमबार विपक्षी सांसदहरुले आपतकाल घोषणा गर्नुपर्ने आवश्यकता नभएको बताएका थिए । आपतकाल लगाएपछि आवश्यक आपूर्तिको लागि अन्य कानून आवश्यक पर्ने र कडा आपतकालीन नियम लगाउँदा त्यसको गलत फाइदा उठाउनेको संख्या बढ्न सक्ने उनीहरुको तर्क छ । राष्ट्रपति राजपाक्षले भने मुलुकमा खाद्यान्नको मूल्यमा नियन्त्रण तथा अन्य कृत्रिम अभावलाई रोक्न आपतकाल लगाउनु आवश्यक रहेको बताएका छन् ।

आपतकाल लगाएसँगै अब प्रहरीले विना पक्राउपुर्जी पक्राउ गर्न, सम्पत्ति जफत गर्न, विना अनुमति घरमा छिर्न र खानतलासी गर्न, हाल विद्यमान कानून हटाउन र अदालतमा प्रश्न नउठ्ने गरी निर्देशन जारी गर्न सक्छ । गत अगष्ट ३० मा राष्ट्रपति गोताबायले मुलुकमा आपतकालको घोषणा गरेका थिए । श्रीलंकाको संविधानअनुसार राष्ट्रपतिले आपतकाल घोषणा गरेको १४ दिनभित्र संसदले पारित गर्नुपर्ने हुन्छ ।

श्रीलंका सरकारले आपतकालमा पनि सामान्य कानूनको प्रयोग गर्न सकेसम्मको प्रयास गर्ने बताएको छ । सत्तारुढ पार्टीका सांसदले अन्य कुनै पनि उपायले काम नगरेपछि आपतकाल लगाउनुको विकल्प नभएकाले आपतकाल घोषणा गरिएको बताएका छन् ।

पछिल्लो केही सातायता श्रीलंकामा चिनी, दूध पाउडर, खाना पकाउने ग्यासजस्ता दैनिक आवश्यक पर्ने सामग्रीको अभाव देखिएको छ । सरकारले भने व्यापारीहरुले अत्यावश्यक सामग्री सञ्चित गरेर राखेर बजारमा कृत्रिम अभावको अवस्था आएको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?