
कलाकार आमेष भण्डारीले आफ्ना दिवंगत पिताको संझनामा ‘बाबा’ बोलको गीत सार्वजनिक गरेका छन् । बुबाको मुख हेर्ने दिन पारेर उनले आफ्नै स्वर, शब्द तथा संगीतमा यो गीत सार्वजनिक गरेका हुन् ।
यसै बर्ष आमेषको पिताको निधन भएको थियो । पिताको हौसला, प्रेरणा र साथले नै आमेष कला क्षेत्रमा प्रवेश गरेका थिए । पिताको निधन भएपछि विक्षिप्त बनेका आमेषले गीतमा पनि सोही कुरा व्यक्त गरेका छन् । गीतका शब्दहरु निक्कै नै मर्मस्पर्शी छन् ।
यो गीतको भिडियोमा आमेषको पिताको भूमिकामा निर्देशक शोभित बस्नेतले अभिनय गरेका छन् । सुरेश न्यौपानेको निर्देशनमा तयार भएको भिडियोमा संकल्प भुजेलको छायांकन, दिन्सन शाहको सम्पादन छ । आमेषले कोरेका शब्दहरुले उनको पिताप्रतिको सम्मान व्यक्त गर्दछ । पिताको निधनपछि आफू बाँचेको हो या मरेको हो थाहा नभएको कुरा आमेषले गीतमा व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4