+
+
Shares

यसरी तयार भएको थियो लासिमीत राईको अन्तिम गीत ‘आकास बदलेर’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १६:३४

‘यो आकास बदलेर के भो

सागर उही, पानी उही

यो समय बदलेर के भो

मुटु उही, धड्कन उही

तिमी टाढै बस हिँउका चोइटा झै

पवित्र भई बाँच

जहाँ मेरा मैला भावनाले

छोई छिटो नपरोस् ..।’

लासिमीत राई कोरोना संक्रमणसँग जुध्दै थिइन् । त्यसअघि उनले एउटा गीत रेकर्ड गराउन भ्याइन्, आकाश बद्लिएर । यो गीत उनले मधुकर लोहनीसँग गाएकी थिइन् ।

गीत आरबिए फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक हुने तय भइसकेको थियो । सबैकुराको बन्दोबस्ती मिलाइसकिएको थियो । तर, उनलाई कोरोनाले अरु बढी च्याप्दै लग्यो । आखिर उनको निधन भयो ।

हालै मात्र आरबिए फिल्म्सले उक्त गीतको तयारी गरिरहँदाको छोटो भिडियो सार्वजनिक गरेको छ । यो गीतमा शब्द र संगीत लासिमीत राईको थियो । भिडियोमा उनले गीतको तयारी गरिरहँदाका क्षणहरुलाई प्रस्तुत गरिएको छ । उक्त भिडियो रुद्र गुरुङले निर्देशन गरेका हुन् ।

भिडियोमा उनले यो गीत कसरी तयार भयो भनी उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘गीतमा नारी र पुरुषको सह–सम्बन्धलाई लिएर गीत तयार गरेकी हुँ । पुरुषलाई आकास, सागर र पानीसँग तुलना गरिएको छ । नारी अर्थात आमालाई चाहि समय, मुटुको धड्कन, धर्तीसँग तुलना गरेकी हुँ ।’

एउटाले अर्काको अस्तित्वलाई चिन्नुपर्छ, नारी र पुरुषको हार्दिक सम्बन्धबाट सह–अस्तित्व सुुरक्षित रहन्छ । जीवनमा दुई जनाबीच उतारचढाव आउँछ, मनमुटाव हुन्छ । तर, कहीँ कतै दुबैको मिलन विन्दु छ र त्यसैले अस्तित्व रक्षा गरेको छ । । भनी गीतको भावहरुलाई उनले अथ्र्याएकी छिन् ।

लासिमीतको गीत उनकै स्वरमा गएको अघिल्लो बर्षको फागुनमा रेकर्ड भएको थियो । तर, आफ्नै गीत सुन्न पाइनन् । गीत रेकर्ड भएको करिब ६ महिनापछि उक्त गीतको रचना गर्भ खोतल्दै आरबिए फिल्म्स्ले वृत्तचित्र सार्वजनिक गरेको हो । करिब १३ मिनेटको भिडियोमा गीतको तयारीदेखि रेकर्डिङसम्मका दृश्यहरु राखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?