
जिल्ला निर्वाचन कार्यालय, कास्की
२२ भदौ, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित कास्कीका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेमा रुपा र मादी गाउँपालिकाका एक/एक जना र माछापुच्छ्रे गाउँपालिकाका २ जना छन् ।
चार स्थानीय तह भएको कास्कीमा पोखरा र अन्नपूर्ण गाउँपालिकामा भने एकीकृत समाजवादी शून्य देखिएको छ ।
कास्कीको रुपा गाउँपालिका–५ का वडा सदस्य दामोदर घिमिरे, मादी गाउँपालिका–११ का रणबहादुर लामा, माछापुच्छ्रे गाउँपालिका–७ का बाबुराम भण्डारी र माछापुच्छ्रे–८ का लालबहादुर परियारले एकीकृत समाजवादी रोजेका हुन् ।
उनीहरुमध्ये घिमिरेले भदौ २० गते एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् भने अन्य तीन जनाले मंगलबार सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4