+
+

मोरङका ८ जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १८:२४

२२ भदौ, विराटनगर । मोरङमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । एमाले विभाजित भएपछि जनप्रतिनिधिलाई बुधबारसम्म दल रोज्न समय दिइएको थियो ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षले एकीकृत समाजवादी दल रोजेका छन् । बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा-५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकालले एकीकृत समाजवादी रोजेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) मोरङका प्रवक्ता ओसिम आलमका अुसार मोरङबाट ४ जना वडा सदस्यहरुले नयाँ दल रोजेका छन् । निर्वाचन कार्यालयका अनुसार १० जना प्रदेश सांसदले पनि विराटनगरबाटै नयाँ पार्टी रोजेका छन् ।

सुवेदी र राई एमालेमै

नेकपा एमालेमा रहदा माधवकुमार नेपालको पक्षमा रहेका मोरङका दुई नगरपालिकाका मेयर एमालेमै बसेका छन् । पार्टी विभाजनपछि पनि नयाँ पार्टीमा खुलेका पथरी नगरपालिकाका मेयर दिलिप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बसेका हुन् ।

माधव समूहमै रहेकी केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेल पनि एमालेमै बसेकी छन् ।

बुधबारसम्म उनीहरु एकीकृत समाजवादी दल रोज्न निर्वाचन कार्यालय नपुगेका एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?