
२२ भदौ, गोरखा । गोरखामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित तीन जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
आरुघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणध्वज खड्का, वडा नम्बर ३ का अध्यक्ष शिरबल बराम र गोरखा नगरपालिका वडा नम्बर ८ कि सदस्य कल्पना नेपालीले एकीकृत समाजवादी रोजेका हुन् ।
उनीहरुले मंगलवार जिल्ला निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।
एमाले विभाजित भएपछि जनप्रतिनिधिलाई मंगलबार साँझसम्म दल रोज्ने समय दिइएको थियो । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट १४ वडाध्यक्ष र ४८ सदस्य गरी कुल ६२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4