+
+

झापा, अर्घाखाँची र रुकुम पूर्वका सिडिओ कार्यसम्पादनमा उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते २०:२२

२२ भदौ, काठमाडौं । गृह मन्त्रालयले झापा, अर्घाखाँची र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादन अति उत्कृष्ट भएको जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा गरिएको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्दै गृह मन्त्रालयका सहसचिव कमलराज ढकालले तीन जिल्ला कार्यसम्पादनमा सर्वोत्कृष्ट भएको बताएका हुन् ।

उनका अनुसार कार्यसम्पादनमा अब्बल जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीका बेला सम्मान गरिनेछ । नतिजा अनुसार ललितपुर र रुकुम पश्चिम कार्यसम्पादनमा दोस्रो र गुल्मी तेस्रो स्थानमा रहेका छन् ।

ढकालका अनुसार कार्यसम्पादन सम्झौताको ६ विधा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र आर्थिक अनुशासनको आधारमा यो मूल्यांकन नतिजा निकालिएको हो ।

नतिजाअनुसार उत्कृष्ट, मध्यम र न्यून कार्यसम्पादन स्तर भएका जिल्ला क्रमशः १८, २१ र २१ वटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?