
१० माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।
केन्द्रीय कार्यसमिति बैठकका लागि गर्न छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बैठक आज दिउॅसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते धुम्बाराहीस्थित एस.आर बैंक्वेटमा बिहान ११.०० बजेदेखि सुरु हुँदैछ ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षालगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुनेछ प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4