२३ भदौ, काठमाडौं। क्यानडाका रेयानखान पठानले आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् ।
विराटनगरले पठानलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ । विराटगरले यसअघि जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई अनुबन्ध गरिसकेको छ ।
चौथो संस्करणको ईपीएल टी२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया 4