+
+

पूर्व सरकारी अधिकारीलाई देश फर्किन तालिबानको सरकार प्रमुख आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १६:५१

२४ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको घोषणा गरेको सरकारका कार्यकारी प्रधानमन्त्री मुल्लाह मोहमद हसन अखुन्दले तालिबानले मुलुकलाई कब्जामा लिएपछि भागेका पूर्व अधिकारीलाई मुलुक फर्किन आग्रह गरेका छन् । उनले अफगानिस्तानमा उनीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति गरिने बताएका छन् ।

बुधबार अलजाजिरासँगको अन्तर्वार्तामा बोल्दै उनले कूटनीतिक अधिकारी, दूतावास र मानवीय सहयोगजस्ता क्षेत्रमा सुरक्षाको प्रत्याभूति गरिने बताएका छन् । त्यस्तै उनले आफ्नो क्षेत्र र अन्य क्षेत्रका मुलुकसँग सकारात्मक र बलियो सम्बन्ध राख्न चाहेको उल्लेख गरेका छन् ।

अखुन्दले तालिबानका नेतालाई अहिले अफगान नागरिकप्रति ठूलो जिम्मेवारी र परीक्षा रहेको बताएका छन् । ‘हामीले अफगानिस्तानको इतिहासमा ठूलो मानवीय र आर्थिक क्षति बेहोरेका छौं । अब रक्तपात, हत्या र अफगानिस्तानका मानिसप्रतिको अपमानको चरण सकिएको छ र हामीले यसको मूल्य पनि चुकाइसकेका छौं’, उनले भने ।

अखुन्दले मानिसको यसअघिको कदमको कारण कसैलाई पनि क्षति नपुर्‍याइएको दाबी गरे । तालिबानले मंगलबार आफ्नो अन्तरिम सरकार घोषणा गरेको थियो । यो सरकारमा रहेका ३३ पदमध्ये १४ ओटा पदमा सन् १९९६-२००१ मा शासनकालका तालिबानी अधिकारी छन् ।

तालिबानले बनाएको सरकारमा महिला र कमजोर धार्मिक अल्पसंख्यक नअटाएको भन्दै यसको विरोध भइरहेको छ । यसअघि तालिबानले अफगानिस्तानमा समावेशी सरकार बनाउने बताएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?