+
+

एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १७:०७
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो चार बजे बस्नेछ ।

यो बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्ने तयारी भएको छ । ६–७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार हुँदैछ ।

विधान संशोधन मस्यौदा उपमहासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिँदैछ । स्थायी कमिटी बैठकको निर्णय २७ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।

एमालेले आगामी १०–१२ मंसिरमा हुने दशौं राष्ट्रिय महाधिवेशनको मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?