+
+

सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते ६:४०

२५ भदौ, सप्तरी । सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका ३ कचन्दाहाका २५ वर्षीय कृष्ण मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ । बिहीबार साँझ घर नजिकैको सार्वजनिक पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डल छारे रोगको बिरामी रहेको बुझिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ सकरपुराका ११ वर्षीय चन्दन ठाकुरको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा जडान गरिएको डिस होमको रिसिभरलाई सफा गने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै, सदरमुकाम राजविराजमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–५ स्थित राजविराज–कुनौली सडक खण्डमा को ७ प ४४१० नम्बरको मोटरसाइकललाई स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिंदा मोटरसाइकलको पछाडि सवार विष्णुपुर गाउँपालिका ५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंगको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको तथा शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा राखिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?