+
+

माइनस ७० डिग्री सेल्सियस तापक्रममा कोरोना खोप राख्न मिल्ने फ्रिज नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते ११:४६
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । कोभिड १९ विरुद्धको फाइजर खोप भण्डारण गर्न मिल्ने चार वटा फ्रिज नेपाल ल्याइएको छ ।

कोभ्याक्स सुविधा अन्तरर्गत युनिसेफ मार्फत नेपाल आएको उक्त फ्रिजमा १ लाख २० हजार डोज खोप भण्डारण गर्न मिल्ने क्षमता छ ।

उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार चारवटा फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने कूल १ लाख २० हजार डोज खोप राख्न सकिन्छ ।

नेपालले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई दिन भन्दै ६० लाख डोज फाइजर खोप खरीद गर्ने सम्झौता गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० लाख डोज आगामी डिसेम्बरमा र १० लाख डोज जनवरीमा आउने तालिका रहेको उल्लेख छ ।

फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा अहिलेसम्म त्यस खालको भण्डारकक्ष थिएन । ‘कम्तीमा १० लाख डोज फाइजर खोप भण्डारण गर्न मिल्ने गरी खोप भण्डार कक्ष विस्तार गर्ने तयारी छ’ ढुंगानाले भने ।

नेपालमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जानसन गरेर १ करोड ३३ लाख ५८ हजार ७१० डोज खोप आएको छ । ती खोपहरु सामान्य तापक्रम २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न मिल्छ । नेपालमा हालसम्म पूरा मात्रा खोप लगाउने १६ प्रतिशत छन् भने पहिलो मात्रा खोप लगाउने १८ प्रतिशत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?