+
+

‘एक शिक्षण संस्था, एक उद्यम’ कार्यक्रमका लागि प्रस्ताव पेश गर्न राष्ट्रिय युवा परिषदको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १३:५९

२५ भदौ, काठमाडौं । राष्ट्रिय युवा परिषदले प्राविधिक तथा व्यावसायिक धार सञ्चालित वा नमुना सामुदायिक माध्यमिक विद्यालयहरूलाई एक शिक्षण संस्था, एक उद्यम कार्यक्रमका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

परिषद्ले सूचना जारी गर्दै चालू आर्थिक वर्षमा परिषद्को स्वीकृत वार्षिक कार्यक्रम अनुसार इच्छुक विद्यालयलासँग माग गरेको हो ।

सूचनामा प्राविधिक तथा व्यावसायिक धार सञ्चालित वा नमुना विकासका लागि छनोट भएका सामुदायिक माध्यमिक विद्यालयहरूले एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्याढाँचा, २०७८ बमोजिम असोज २३ गते भित्र प्रस्ताव पेश गर्न भनिएको छ ।

प्रस्ताव पेश गर्दा उद्यम सञ्चालन सम्बन्धमा स्थानीय तहको सिफारिस, विद्यालय व्यवस्थापन समितिको प्रतिबद्धता, उद्यमी विद्यार्थी क्लब गठन भएको निर्णयको प्रतिलिपि र उद्यम कोष स्थापना भएको प्रमाण सहित प्रस्तव पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै पूर्वविद्यार्थी मञ्च गठन भएको निर्णयको प्रतिलिपि र पदाधिकारीहरूको विवरण, पछिल्ला तीन शैक्षिक सत्रको शैक्षिक उपलब्धि विवरण, पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि सहितको प्रस्ताव माग गर्न भनिएको छ ।

कार्यान्वयन कार्यढाँचामा निर्धारित मूल्याङ्कनका आधार बमोजिम प्रत्येक प्रदेशबाट एक र एक र संघबाट एक गरी आठ वटा विद्यालय छनोट गरिनेछ । छनोट भएका विद्यालयले बीउ पुँजीका रूपमा रु. ७ लाख रुपियाँ अनुदान पाउनेछन् ।

प्राविधिक तथा व्यावसायिक धार/शिक्षा लागू भएका नमुना सामुदायिक माध्यमिक विद्यालयलाई विशेष प्राथमिकता दिइने सूचनामा जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?