+
+

नविल ब्यालेन्स फण्ड–३ मा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १४:५०

२५ भदौ, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नवील ब्यालेन्स्ड फण्ड ३ नामक आफ्नो चौथो म्युचुअल फण्डका इकाईहरु आजदेखि निश्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो ।

प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईको सार्वजनिक निश्कासन भएको हो । यो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ ।

इकाईको निश्कासन आजदेखि भएकोमा छिटोमा भदौ २९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । सो अवधिसम्म पनि निश्कासन भएका इकाईहरु बिक्री नभए ढिलोमा असोज ८ गतेसम्म आवेदन खुल्न सक्नेछ ।

कम्पनीले निष्काशन गरेको कुल इकाईमध्ये कोष प्रवद्र्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सबै बैंक तथा बित्तीय संस्थाबाट वा मेरो सेयरबाट समेत इच्छुकले इकाई खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?