+
+

संसारकै शान्त कोठा, जहाँ सुनिन्छ शरीरका हड्डी र धड्कनको आवाज

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते ८:०३

शान्त वातावरण सबैलाई मन पर्दछ । अझ कामका क्रममा एकाग्रता चाहिने बेला शान्ति सबैलाई चाहिन्छ । तर शान्तिको पनि हद हुन्छ नि । दुनियाँमा एउटा यस्तो शान्त कोठा छ, जहाँ गएपछि तपाइँले आफ्नो शरीरका हड्डी एक आपसमा घश्रण भएको र मुटु चलेको धड्कनको आवाज पनि प्रष्ट सुन्न सक्नुहुनेछ ।

संसारको सबैभन्दा शान्त कोठा अन्त कहीँ होइन, दिग्गज कम्पनी माइक्रोसफ्टको अमेरिकास्थित कार्यालयमा रहेको छ ।

माइक्रोसफ्टमा रहेको सो कोठालाई संसारकै सबैभन्दा शान्त कोठा भनिन्छ । उक्त कोठालाई निकै उत्कृष्ट ढंगले डिजाइन गरिएको छ, ता कि बाहिरको कुनै पनि आवाज भित्र नआओस् । कोठा यतिधेरै शान्त छ कि भित्र छिरेपछि आफ्नो मुटुको धड्कन प्रष्ट रुपमा सुनिन्छ भने हातगोडा यताउता लैजाँदा जोर्नीमा हुने हड्डीको घश्रणको आवाज पनि प्रष्ट सुनिन्छ ।

वाशिङटनस्थित माइक्रोसफ्ट मुख्यालयमा रहेको उक्त कोठामा बाह्य आवाज निस्तेज पार्नका लागि विभिन्न उपकरणहरु जडान गरिएको छ । कोठाभित्र गएर तपाईंले सानो स्वरमा आवाज निकाल्नुभयो भने पनि तपाईंको कानमा ठूलै आवाज सुनिनेछ । त्यसैले सो कोठालाई एनेकोइक रुम पनि भनिन्छ । यो त्यस्तो खालको कोठा हो जहाँ आवाज तथा विद्युत चुम्बकीय तरंगहरु पूर्णरुपले सोसिन्छ र परावर्तन हुन पाउँदैन ।

कोठा पूर्णरुपमा शान्त भएको हुँदा भित्र छिर्ने बित्तिकै कानमा बहिरोपन भएजस्तो अनौठो खालको आवाज आएजस्तो लाग्दछ । उक्त कोठाका डिजाइनर भन्छन् : हाम्रो कानले सदैव कुनै न कुनै प्रकारको ध्वनी सुनिरहेको हुन्छ । कानको पर्दामा सदैव हावाको दबाब बनिरहेको हुन्छ । उक्त कोठामा जब प्रवेश गर्नुहुन्छ, त्यहाँ हावाको दबाब शून्य बराबर हुन्छ । त्यसैले कोठाभित्र छिरेसँगै बहिरोपन जस्तो महसुस हुन्छ ।

यो कोठाको डिजाइन अनौठो तरिकाले गरिएको छ जहाँ कंक्रिट तथा स्टिलको ६ वटा पत्रबाट बनाइएको छ । उक्त कोठा बनाउनमा करिब डेढ वर्षभन्दा पनि लामो समय लागेको थियो ।

सो कोठा विश्वको सबैभन्दा शान्त कोठाको रुपमा गिनिज बुकमा दर्ज छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?