+

शीर्ष स्थानको टोटनहमको पहिलो हार

२०७८ भदौ  २६ गते १९:३७ २०७८ भदौ २६ गते १९:३७
शीर्ष स्थानको टोटनहमको पहिलो हार

२५ भदौ काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोटनहम हट्सपरले २०२१-२२ सिजनमा पहिलो हार बेहोरेको छ । यसअघि लगातार तीन खेल जितेको टोटनहम शनिबार क्रिस्टल प्यालेससंग पराजित भएको हो ।

क्रिस्टल प्यालेसले दश खेलाडीमा समेटिएको टोटनहमलाई ३-० ले पराजित गर्दै सिजनको पहिलो जित हात पार्‍यो । घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई जिताउन ओडसन एडुवार्डले दुई गोल गरे भने विल्फ्रेड जाहाले एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा क्रिस्टल प्यालेसले तीन गोल गर्‍यो । ५८ औं मिनेटमा टोटेनहमका जाफेट टाङ्गांगा दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि खेल मोडिएको थियो । जसको फाइदा क्रिस्टल प्यालेसले उठायो ।

खेलको ७६ औं मिनेटमा क्रिस्टल प्यालेसले पेनाल्टी पायो । त्यसमा जाहाले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए । ८४ औं मिनेटमा जाहाकै पासमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एडुवार्डले गोल गर्दै अग्रता दोब्बर पारे । एडुवार्ड ८४ औं मिनेटमै क्रिस्टियन बेनटेकेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

एडुवार्डले नै इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिस्टल प्यालेसले टोटनहमलाई स्तब्ध बनायो । यस सिजन पहिलो हारपछि पनि टोटेनहम ४ खेलबाट ९ अंकका साथ शीर्ष स्थानमा यथावत नै छ । पहिलो जितपछि क्रिस्टल प्यालेस भने ४ खेलबाट ५ अंक जोड्दै ११ औं स्थानमा उक्लेको छ ।

टोटनहम प्रिमियर लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय