+
+

वेष्ट इन्डिजका चन्द्रपल हेमराजले विराटनगरबाट ईपीएल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १९:४१

२६ भदौ, काठमाडौं । वेष्टइन्डिजका अलराउण्डर चन्द्रपल हेमराजले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् ।

आगामी असोजमा हुने ईपीएलका लागि विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा शनिबार हेमराजलाई अनुबन्ध गरेको गरेको छ । विराटनगरले यसअघि जिम्बाव्वेका सिकन्दर राजा र क्यानडाका रेयानखान पठानलाई अनुबन्ध गरिसकेको छ ।

गुयानाका २८ वर्षीय हेमराज ब्याटिङ अलराउण्डर हुन् । बायाँ हाते ब्याट्सम्यान हेमराजले वेष्टइन्डिजका लागि ६ ओडीआई म्याच खेलेका छन् । उनले सन् २०१८ मा भारतविरुद्ध ओडीआईमा डेब्यु गरेका थिए ।

उनले क्यारेबियन प्रिमियर लिगमा गुयाना अमेजन वारियर्सबाट ओपनरको रुपमा खेल्दै आएका छन् ।

चौथो संस्करणको बजाज पल्सर ईपिएल आगामी असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोवर ९) सम्म कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा हुँदै छ ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगरले यसअघि दोस्रो संस्करणको इपीएलको उपाधि जितेको थियो । तर राष्ट्रिय टिमबाट सन्यास लिइसकेका पारसले यस पटक खेल्ने नखेल्ने पक्का भने छैन । विराटनगरमा राष्ट्रिय टिमका खेलाडी आसिफ शेख, करण केसी, बसन्त रेग्मी लगायत खेलाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?