
२६ भदौ, काठमाडौं । स्याङ्जाको पुतलीबजारमा जिपको ठक्करले एक बालकको मृत्यु भएको छ ।
शनिबार बेलुका ५ बजे पुतलीबजार नगरपालिका–१० राङ्खोला समताटोल भित्री सडकमा लु १ च ६०९७ नम्बरको जिपले ठक्कर दिँदा ६ वर्षका आयोन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ । जिप चालक पुतलीबजार–१० राङ्खोलाका निरज शाही फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4