काठमाडौं । आर्सनलले प्रिमियर लिगमा २०२१-२२ सिजन पहिलो जित हात पारेको छ । पिएरे एमरिक ओबामेयाङको एक मात्र गोलमा आर्सनलले शनिवार नर्विचलाई १-० ले पराजित गरेको हो ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा ओवामेयाङले खेलको ६६औं मिनेटमा निकोलस पेपेको पासमा गोल गरेका थिए ।
लगातार तीन हारपछि आर्सनलले पहिलो जित हात पारेको हो । जितपछि ४ खेलबाट ३ अंकसहित आर्सनल १६औं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4