
२७ भदौ, काठमाडौं । टर्कीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ ।
मास्क नलगाइ राजधानी स्तानबुलमा गरिएको प्रदर्शनमा दुई हजार बढीले सहभागिता जनाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
सरकारी प्रतिबन्धका कारण आफ्नो स्वतन्त्रताको हनन भएको भन्दै प्रदर्शनकारीले र्याली निकालेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘मेरो शरीर मेरो निर्णय’, ‘स्वतन्त्रता स्वतन्त्र छैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिबन्धको सट्टा कोरोना संक्रमणविरुद्धको खोप अभियान तीव्र बनाउनुपर्ने माग उनीहरुले गरेका छन् ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोना खोप नै अन्तिम विकल्प भए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पनि अनिवार्य लागू हुने जनाएको छ ।
टर्कीमा दैनिक करिब २३ हजार जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4