+
+

तीन आसन, जसले बच्चाको एकाग्रता बढाउन सहयोग गर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १३:०७

काठमाडौं एवं देशका विभिन्न ठाउँमा असोज १ गतेदेखि विद्यालय खोल्ने तयारी चलिरहेको छ । कतिपयले अझै पनि अनलाइन कक्षालाई नै जारी राख्ने निर्णय गरेका छन् । तर एउटा सम्भावित समस्याले धेरैलाई सताउने गरेको छ कि लामो समयदेखि खुलेको स्कुलमा बच्चा जान मानेनन् भने के होला ? यो स्वाभाविक कुरा हो कि राम्रोसँग विद्यालय जान नपाएको झण्डै डेढ वर्ष भएको छ । यस्तो अवस्थामा विद्यार्थीलाई कसरी विद्यालयको भौतिक शिक्षामा अभ्यस्त गराउने ?

बच्चाहरुको दिमाग चञ्चल छ । तसर्थ, अध्ययनका लागि आवश्यक एकाग्रताको कमीका कारण बच्चाहरु एकाग्र भएर काममा खटिन सकिरहेका छैनन् । यदि तपाईंलाई एकाग्रता र आफूभित्रको क्षमतालाई परिवर्तन गर्न सकिँदैन भन्ने लाग्छ भने तपाईं गलत हुनुहुन्छ । योगासन र प्राणायामको माध्यमबाट व्यक्तिको बुद्धि, याद गर्ने क्षमता र एकाग्रता वृद्धिको लागि योगदान पु¥याउन सकिन्छ । बच्चाहरुका लागि सजिलो तर प्रभावकारी योग पोज हुन्छन्, जसको अभ्यासले बच्चाहरुको यी क्षमता बढाउँछ । तपाईं आफ्नो बच्चाहरुलाई निम्न योगका आसनहरुको अभ्यास गराउन सक्नुहुन्छ ।

१. प्राणायामको माध्यमबाट एकाग्रता प्राप्त गर्नुहोस्

एकाग्रता बढाउन प्राणायाम धेरै उपयोगी छ । यसका लागि सबैभन्दा पहिले ज्ञान मुद्रामा भुइँमा बस्नुहोस् । अर्थात्, कम्मर र मेरुदण्ड सीधा राख्नुहोस् र घुँडा दोबारेर त्यसैमाथि हात राख्नुहोस् । अगाडि केही वस्तु राख्नुहोस् र त्यसमा आफ्नो ध्यान केन्द्रीत गर्नुहोस् । लामो र गहिरो सास लिनुहोस् । बिस्तारै सास लिनुहोस् र त्यसपछि छोड्नुहोस् । कम्तीमा तीनदेखि ५ मिनेटसम्म यो विधिले योग गर्नुहोस् ।

ध्यान भट्किन लाग्यो भने फेरि त्यसमा ध्यान केन्द्रीत गर्ने प्रयास गर्नुहोस् । लामो सास तान्नुहोस् । यो योगासनको नियमित अभ्यासले बच्चाहरुमा एकाग्रता बढ्दै जान्छ । यस बाहेक याद गर्ने क्षमता पनि यो आसनको अभ्याससँगैै बढ्छ र बेचैन मन शान्त हुन्छ ।

२. औंलाको मद्दतले ध्यान केन्द्रित गर्नुहोस्

यो आसन प्रयोगमा निकै सजिलो आसन हो । यसका लागि भुइँमा एउटा चकटी बिछ्याएर पहिले जस्तै मुद्रामा बस्नुहोस्, मेरुदण्डलाई सीधा राख्नुहोस् । अब अगाडितिर आफ्नो दाहिने हात फैलाउँदै लगेर मुट्ठी बन्द गर्ने र औंला बिस्तारै घुमाएर त्यसलाई पुरानै अवस्थामा लैजानुहोस् ।

बिस्तारै हातलाई आफ्नो ठीक अघि लगेर त्यही हातमा ध्यान केन्द्रीत गराउनुहोस् । औंलालाई बिस्तारै आँखाको नजिक ल्याउनुहोस् । यसबीचमा तपाईं आफ्नो औंलाको नोकबाट ध्यान विचलित नगर्नेगरी अघि बढ्नुपर्छ ।

जब औंला आँखाको धेरै नजिक ल्याइन्छ, त्यसपछि तस्वीर धुमिल देख्न थालिन्छ । यस तरिकाले औंलालाई बिस्तारै टाढा लैजाने कोसिस गर्नुहोस् । यो कार्य कम्तीमा १० पटक गर्नुहोस् । यसले तपाईंको एकाग्रता शक्ति धेरै छिटो सुधार हुनेछ ।

३. एकाग्रताका लागि वृक्षासन

यो आसन गर्नका लागि भुइँमा सीधा उभिनुहोस् । आफ्नो खुट्टा बीच एउटा सानो अन्तर राख्नुहोस् । एउटा खुट्टा उठाउनुहोस् र बिस्तारै यसलाई तिघ्रातिर ल्याउनुहोस् । जाँघमा एउटा खुट्टा राख्दै अर्को खुट्टासँग सन्तुलन बनाउनुहोस् । यो स्थितिमा तपाईंको दुवै हात माथि उठाउनुहोस् र उनीहरुलाई सीधा राख्दै नमस्तेको स्थितिमा जोड्नुहोस् । यस बीचमा अगाडि हेरिरहनुहोस् र गहिरो सास लिइरहनुहोस् । जबसम्म तपाईं यो स्थितिमा रहन सक्नुहुन्छ । अब बिस्तारै तपाईंको हात बिस्तारै तल ल्याउनुहोस् र त्यसपछि सीधा उभिनुहोस् र अर्को खुट्टासँग उस्तै तरिकाले गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?