+
+

चितवनका विद्यालय असोज १ गतेदेखि खुल्ने

रासस रासस
२०७८ भदौ २७ गते १४:०९

२७ भदौ, चितवन । चितवनका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।

कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । ‘एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाई अध्ययन अध्यापन शुरु गर्ने तयारीमा छौं,’ उनले भने । एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाईको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले बताए । ‘विद्यार्थीले मास्क र फेसशिल्ड आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ,’ उनले भने ।

भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुँदे मापदण्ड तयार गरिएको छ । मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जनाइएको छ ।

विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरेर आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने पौडेलले बताए । एउटा कक्षा/सिफ्ट/समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रिने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ ।

ज्वारो आउने, जीउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ ।

भरतपुर महानगरमा अहिले सामुदायिक र संस्थागत गरी २२० विद्यालय रहेका छन् । यहाँ ८८ हजार ७६५ विद्यार्थी अध्ययनरत रहेको पौडेलले बताए । जिल्लामा रहेका सातवटै पालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तयार गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष टीकाराम चापागाईंले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी थालिएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?