
२७ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघमा उद्योग, बैंक तथा वित्तीय संस्था र रोजगारदाता समिति गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको परिसंघले जनाएको छ ।
समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी छन् । समितिको सहअध्यक्षमा शरदकुमार तिवडेवाला छन् । सदस्यहरूमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर, अमुल श्रेष्ठ, गौरव गोयल, राहुलकुमार अग्रवाल, राजीवकुमार गुप्ता, रोहित लोहिया, शिलशिला आचार्य, सुरजभक्त पौडेल, ताराप्रसाद पौडेल, तेन्जिङ जोपा लामा, वरुणकुमार तोदी र विजय दुगड छन् । समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्ने बताइएको छ ।
उता, परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ । समितिको कोअर्डिनेटिङ उपाध्यक्ष रोहित गुप्ता छन् । परिषद्का सदस्यहरूमा अमित मोर, अर्पित अग्रवाल, आशिष अग्रवाल, अशोक शेरचन, वर्षा श्रेष्ठ, भेषराज दवाडी, विनोद आत्रेय, गुरु न्यौपाने, मनिष खेमका, निकोलस पाण्डे, सौरभ दुगड, दिवस न्यौपाने, अनिल शर्मा, आनन्द शर्मा वाग्ले र हिमांशु गोल्छा छन् ।
समितिले बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने काम गर्ने बताइएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद् गठन भएको छ । परिषद्को कोअर्डिनेटिङ उपाध्यक्षमा राजेशकुमार अग्रवाल छन् । परिसंघको सदस्यहरूमा अजयराज जोशी, अमित मोर, अर्पित अग्रवाल, मनिष खेमका, राहुल अग्रवाल ररतनलाल केडिया छन् ।
परिसंघका कानूनी सल्लाहकार शैलनाथ गौतम समितिको आमन्त्रित सदस्य बनेका छन् । परिषद्ले श्रम सम्बन्ध सुधारका लागि नेपाल सरकार र सरोकारवालासँग सहकार्यमा काम गर्ने बताइएको छ ।
प्रतिक्रिया 4