
१ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ आयोजना गरेको छ । कार्यक्रममा नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।
सो अवसरमा सुदृढ नेतृत्व र नीतिगत बहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेसँग छलफल गरिएको सीएनआईले जनाएको छ ।
छलफलमा परिसंघका अध्यक्ष अग्रवालले नेपालको बदलिँदो व्यावसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए ।
परिसंघका निवर्तमान अध्यक्ष अग्रवालले व्यावसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने अनुभव बताए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष पाण्डेले युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको बाहक समेत भएको बताए ।
सीएनआईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरूको अनुभव, भोगाइ र सिकाइ युवा उद्यमीका लागि महत्त्वपूर्ण भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।
सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरूको प्रबर्द्धनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4