२७ भदौ, काठमाडौं । आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो । गत बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेल २-१ ले जितेको नेपाल दोस्रो खेलमा भने बराबरीमा रोकियो ।
नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । यसअघि सन् २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो । त्यसपछि अहिले दोस्रो पटक बराबरीमा रोकिएको हो ।
आइतबारको खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले गोलकिपर एन्जिला सुब्बा, मिडफिल्डर मन्जली कुमारी योन्जन र अघिल्लो खेलमा डेब्यू गर्दै गोल गरेकी सबिता रानाको स्थानमा अन्जना राना मगर, अनिता बस्नेत र रश्मीकुमारी घिसिङलाई पहिलो रोजाइमा खेलाएका थिए।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4